यसरि नेपालमा आएर बिहारका मुख्यमन्त्रीले खोले मधेसी मोर्चाका नेताको पोल –

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस







काठमाडौं, २० फागुन । भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसलाई संबोधन गर्न नेपालका नेताहरु सक्षम भएको टिप्पणी गरेका छन् ।
उनले पहाडी, मधेसी र जनजाति सबै नेपाली भएको भन्दै नेपाली नेताहरु उनीहरुको समस्या संबोधन गर्न सक्षम रहेको उनको भनाइ छ । ‘हामी त केवल नेपालको प्रगति र सद्भाव चाहन्छौ’उनले भने ।
नितिशकुमारले मधेसी नेताहरुले आफूलाई भेटेर अन्तरिम संविधान भन्दा पनि कम अधिकार बर्तमान संविधानले दिएको भनि असन्तुष्टी ब्यक्त गर्ने गरेको सुनाउँदै आफूले उनीहरुलाई यो समस्या नेपालमै समाधान गर्न सुझाव दिएको बताए ।
उनले भने,‘नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन । नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको छ ।’
नितिस कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको कुनै आपत्ति नभएको समेत धारणा राखे । उनले नेपाल भारत सम्बन्ध अटुट भएको उल्लेख गर्दै भारतको एकमात्र चाहना नेपालको विकास भएको बताए ।
नितिशकुमारले भने,‘ भारतीयहरु नेपालसँग भावनात्मक रुपमा जोडिएकोले नेपालले पनि विकास गरोस भन्ने चाहन्छन । नेपालमा विकासको धेरै सम्भावना छ । भुटानको भन्दा धेरै नेपालमा जलविद्युतको धेरै सम्भावना छ । मैले सुनेको छु, यहाँ एक लाख मेघावाट विद्युत उत्पादनको क्षमता छ । यसलाई उपयोग गर्न सके नेपालको आर्थिक विकास हुन्छ ।’ उनले नेपालमा आवश्यक बाहेकको विद्युत भारतले खरिद गर्ने बताउँदै नेपालको विकासको सम्भावना सबैले बुझ्नु पर्ने र यसैमा आफुहरुको स्वार्थ रहेका बताए ।
नितिशकुमारले भने,‘ नेपालको विकास भए भारतलाई राम्रो लाग्छ ।दुई देशवीच राम्रो सम्बन्ध छ । मैले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुसँग कुरा गरे उहाँहरुको पनि यही भावना छ । ’
उनले नेपालमा धार्मिक पर्यटन सहित जलविद्युत, कृषि र उद्योगको सम्भावना रहेको भन्दै यस विषयमा सबै संबेदनशिल हुनु पर्ने आफ्नो धारणा सुनाए । नितिसकुमारले काग्रेसको १३ औ महाधिवेशनको कारणले पहिलो पटक नेपाल आउने अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री र महत्वपूर्ण ब्यक्तित्वहरुसँग कुराकानी गर्ने अवसर पाएको भन्दै यसले आफूलाई हर्षित बनाएको बताए ।- See more at: http://www.lightnepal.com/3685#sthash.mtHS385p.ymyDPCdr.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment