रामचन्द्र र सिटौलाको नाडी छामेपछि आज उम्मेदवारी घोषणा गर्दै शेरबहादुर

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनले यतिबेला राजधानी काठमाडौँ तात्तीएको छ । काँग्रेसका नेता कम कार्यकर्ता र मतदाता बढीरहेको आरोप खेपीरहेका बेला पूर्वसन्ध्यामा रहेको महाधिवेशनका लागी भने भिडन्त रामायण सरी जस्तै हुने निश्चित छ । कारण गुट उपगुटका बिच संस्थापन पक्षको व्यापक फुट र संस्थापनका नेता लुट अभियानमा लागेका शेरबहादुर देउवा पक्षको रणनीतिका कारण ।

यसअघि गिरीजा प्रसाद कोेइराला र शुशिल कोइरालासँग २ पटक पराजय भोगीसकेका बरिष्ठ नेता देउवा यसपटक भने काँग्रेस नै कब्जा गर्ने दाउमा छन् । त्यही महाअभियानमा लागेका कारण देउवा यतिबेला शान्त र शालीन देखिन्छन् । त्यसैले पनि उनले नहतारिइकन सबैभन्दा अन्तिममा प्यानल सहित उमेदवारी सार्वजनिक गर्दैछन् । देउवाले बिहीबार ११ बजे सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् । देउवाले पार्टी कार्यालय सानेपाबाट आफ्नो उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।



देउवाका महामन्त्री अर्जुननसिंग केसी तथा कोषाध्यक्ष चित्रलेखा यादव हुने बताइन्छ । अर्जनुनरसिंह केसी संस्थापन पक्षबाट असन्तुष्ट बनेर देउवा खेमामा जान तयार भएसँगै उनी महामन्त्रीका उमेदवार बन्न पुगेका हुन् भने चित्रलेखा यादव अघिल्लो महाधिवेशनमा पनि कोषाध्यक्षकी बिजेता उमेदवार हुन् ।

काँग्रेस संस्थापन पक्षको नेतृत्व गर्दै रामचन्द्र पौडेलले शंशाक कोइरालालाई महामन्त्रीको उमेदवार सहित बुधबार नै प्यानल सार्वजनिक गर्दा अर्का कृष्ण प्रसाद सिटौलाले प्रभावशाली नेता गगन थापालाई महामन्त्रीको उमेदवार बनाउँदै प्यानल सार्वजनिक गरीसकेका छन् । त्यस्तै नेतृ सुजाता कोइरालाले पनि सभापतिमा उमेदवारी दिई सकेकी छिन् । बिहिबार दिउसो १ बजेपछि काठमाडौंको खुल्लामञ्चबाट कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन हुनेछ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment